‘हेमजा गोल्डकप’: सेमीमा खुमलटार र आयोजक भिड्ने
कास्की | असार ६, २०७९
पोखरा: पोखरामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक क्लब र खुमलटार क्लब भिड्ने भएको छ ।
पोखरा २५ हेमजास्थित गौरीशंकर खेल मैदानमा आज भएको खेलमा बागमती युथ क्लबलाई २–० गोल अन्तरले हराउँदै खुमलटारले सेमिफाइनलमा आयोजकसँगको भेट पक्का गरेको हो ।
यसअघि आयोजक टिम हेमजा युनाइटेड उद्घाटन खेलमा वीरगञ्ज युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरिसकेको छ ।
खुमलटारको जीतमा खेलको दोस्रो र २८ औं मिनेटमा नै आशिष श्रेष्ठले गोल गरे ।
पहिलो हाफमै २ गोलको अग्रता लिएपछि बागमती क्लबलाई केही दबाब रहेको थियो । तर खेलमा फर्कन नसक्दा बागमती क्लबले हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरियो ।
अब खुमलटारले सेमिफाइनलमा हेमजा युनाइटेडसँग आगामी ८ गते भिड्ने क्लबका सचिब सुनिल गायकले जानकारी दिए । उनका अनुसार फाइनल ११ गते शनिबार सम्पन्न हुनेछ ।
बागमती राम्रो टिम हो: प्रशिक्षक गुरुङ
खुमलटारका प्रशिक्षक विष्णु गुरुङले विपक्षी टोलीको प्रशंसा गर्दै टिम निकै राम्रो भएको प्रतिक्रिया दिए ।
उनले आफुहरुले पाएको अवसरको सदुपयोग गर्दा जित हासिल गरेको सुनाए ।
‘बाममती नराम्रो टिम होइन् । हामीले सुरुवातमै नतिजा निकाल्दा डिफेन्सलाई ध्यान दियौँ । उ अर्गनाइज टिम हो । पहिलो हाफमा नै हामीले २ को स्कोर निकालेपछि काउन्टरको खोजिमा रह्यौँ’ उनले भने ,‘हामी हाम्रो योजना अनुसार नै खेल्यौ दोस्रो हाफमा हामीलाई दबाब धेरै भयो । अब सेमिफाइनल खेलमा हामी त्यसलाई सुधार गरेर लैजान्छौँ ।’
जितका लागि नतिजा चाहिन्छ: प्रशिक्षक केसी
बागमतीका प्रशिक्षक रोजित केसीले जितका लागि नतिजा नै महत्वपूर्ण रहेको प्रतिक्रिया दिए । उनले आफुहरुको ५ जना नियमित खेलाडीको अभाव टिममा खडकिएको बताए । खेल प्रदर्शनबाट आफु निकै सन्तुष्टि रहेको बताए ।
उनले मोफसलले गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगिताले खेलाडीहरुलाई राहत मिलदै आएको समेत बताए । हेम्जाको आयोेजनामा पहिलो पटक भएको गोल्डकपमा सहभागिता जनाउन पाउँदा निकै खुसी लागेको उनले सुनाए ।
मोफसलले ठुलो लगानीको फुटबल प्रतियोगिता गर्दै आइरहँदा अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहयोग नगरेको गुनासो समेत पोखेँ । ‘हामीले पनि मोफसलमा प्रतियोगिता गर्दै आइरहेका छौँ । तर, एन्फाले कहिल्यै पनि सहयोग गरेन् । यो एक ठाउँको मात्रै होइन् देशभरको मोफसलको समस्या हो’ उनले भने ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी ९उनेपा०सँगको एकता भंग भएको निष्कर्ष निकालेको छ । उनेपासँगको एकता भंग भएपछि शनिबार (पुस २६) बस...
पोखरा: १४ औं संस्करणको पोखरा महोत्सवमा सुरक्षामा विशेष ध्यान दिइने भएको छ । महोत्सवमा आउने दर्शक र महोत्सव स्थलको सुरक्षाका लागि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्...
पोखरा: पोखरा–१४ मनकामना टोलको खेल मैदानमा पुस ३० गतेदेखि मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगित हुने भएको छ । मनोहर युवा क्लबको आयोजनामा हुने प्रतियोगिता माघ ३ गतेसम्म चल्...

